१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

नेपाल बंगलादेश बैंकको पाँच शाखा

काठमाडौं– नेपाल बंगलादेश बैंक लिमिटेडले पाँच नयाँ शाखाबाट कारोबार सुरु गरेको छ ।बैंकले बाराको सिमरा, परवनीपुर, मकवानपुरको मकवानपुरगढी, दाङको बबई, हापुरे र कपिलवस्तुको चन्द्रौटा शाखाबाट औपचारिक कारोबार सुरु गरेको सोमबार प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।

यी शाखाबाट सर्वसाधारण तथा उद्यमीले निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यससँगै बैंकले ६७ शाखा, पाँच एक्सटेन्सन काउन्टर, सात शाखारहित घरदैलो बंैकिङ सेवा तथा ५१ वटा एटिएमबाट बैंकिङ सुविधा प्रदान गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।
 

प्रकाशित: १ जेष्ठ २०७५ ०१:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App