१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

लक्ष्यभन्दा ९४ हजार क्विन्टल कम धान खरिद

काठमाडौं – नेपाल खाद्य संस्थानले लक्ष्यभन्दा कम धान खरिद गरेको छ। गत वर्ष २ लाख ७६ हजार क्वीन्टल धान खरिद गर्ने भने पनि जम्मा १ लाख ८१ हजार ३३६ क्वीन्टल धान खरिद गरिएको संस्थानका विभागीय प्रमुख श्रीमणिराज खनालले जानकारी दिए।

उनका अनुसार कृषकबाट धान नआएकोले लक्ष्यभन्दा ९४ हजार क्वीन्टल कम धान खरिद भएको हो। संस्थानले धनगढीबाट ४४ हजार ६१७ क्वीन्टल, राजापुरबाट १ हजार ९४६ क्वीन्टल महेन्द्रनगरबाट १ हजार १८८ क्वीन्टल, नेपालगञ्जबाट १३ हजार १०८ क्वीन्टल, लहानबाट ५६ हजार ७५२ क्वीन्टल, जनकपुरबाट ४ हजार १५४ क्वीन्टल , वीरगञ्जबाट २९ हजार ९९८ क्वीन्टल, विराटनगरबाट ९ हजार ९९५क्वीन्टल र विर्तामोडबाट १९ हजार ५७८ क्वीन्टल धान खरिद गरेको छ।

विभागीय प्रमुख खनालले गत मंसिरदेखि धान खरिद गदैआइरहेकामा अहिले पनि खरिदका लागि खुला राखिएको बताए। संस्थानले मोटो धान प्रतिक्वीन्टल १ हजार ९५०, मध्यम २ हजार,मसिनो सोना २ हजार ३७५ देखि ३ हजार १०० सम्म, जीरा धान २ हजार ५२५ देखि ३ हजार २०० सम्म मूल्य राखेको थियो।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित खरिद समितिले नै धानको मूल्य निर्धारण गर्ने गरेको छ।   (रासस)

प्रकाशित: २० वैशाख २०७५ १०:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App