१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अर्थ

नेप्सेमा लगातार तेस्रो दिन गिरावट, कारोबार रकममा सामान्य वृद्धि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा बिहीबार ११ दशमलव ६४ अङ्कको गिरावट देखिएको छ । कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ११ दशमलव ६४ अङ्कले घटेर दुई हजार छ सय ९९ दशमलव ८१ को बिन्दुमा कायम भएको हो ।

आज तीन सय १५ कम्पनीको एक करोड ८६ लाख ८० हजार तीन सय ९२ कित्ता शेयर ९२ हजार तीन सय २६ पटक खरिदबिक्री हुँदा नौ अर्ब २४ करोड ७३ लाख ७५ हजार दुई सय ८७ दशमलव २७ रुपैयाँको कारोबार भएको छ । बिहीबार ७४ कम्पनीको शेयर मूल्य बढ्दा एक सय ६० को घटेको छ भने नौ कम्पनी स्थिर छन् ।

फाइनान्स एक दशमलव ५८ प्रतिशतले बढ्दा अन्य सबै परिसूचक घटेका छन् । आज अपर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, उपकार लघुवित्त वित्तिय संस्था र कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

प्रकाशित: २४ माघ २०८१ १७:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App