१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अर्थ

लेखामान बोर्ड र लेखापरीक्षणमान बोर्डमा अध्यक्ष नियुक्त

नेपाल लेखामान बोर्डको अध्यक्षमा सुनिलकुमार ढुंगेल र नेपाल लेखापरीक्षणमान बोर्डको अध्यक्षमा जगन्नाथ उपाध्याय निरौला नियुक्त भएका छन्। 

मन्त्रिपरिषद् बैठकले ढुंगेललाई लेखामान बोर्ड र निरौलालाई लेखापरीक्षणमान बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।  

अर्थ मन्त्रालयमा विहीबार आयोजित कार्यक्रममा नवनियुक्त अध्यक्षहरुलाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बधाई तथा सफलताको शुभकामना दिए।  

सो अवसरमा नवनियुक्त अध्यक्षहरुले प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। 

प्रकाशित: १३ मंसिर २०८१ १६:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App