१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अर्थ

डिजेल र मट्टितेलको मूल्य घट्यो

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बिहिबार बसेको बैठकले मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो।

मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल प्रतिलिटर एक सय ४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि  एक सय ४९ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ कायम भएको छ।

 निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो वर्ग तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो बर्गमा वर्गीकरण गरेको छ।

इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु ०.२५ र डिजेलमा रु १.०४ ले घटेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

प्रकाशित: १५ कार्तिक २०८१ २०:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App