१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति: झण्डै ३१ अर्बले चालु खाता बचतमा

चालु आर्थिक वर्षको पहिलो महिनामा चालु खाता ३० अर्ब ८९ करोड रुपैयाँले बचतमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १७ अर्ब ५२ करोड रुपैयाँले बढी हो।

वस्तु तथा सेवा व्यापार खाता, आम्दानी खाता र ट्रान्सफर खाताको मुल्यांकन गर्दै राष्ट्र बैंकले उक्त विवरण सार्वजनिक गरेको हो। साउनसम्म खुद पुँजीगत ट्रान्सफर २२ करोड ३२ लाख रुपैयाँ र प्रत्यक्ष वैदेशिक पुँजी लगानी आप्रवाह ७९ करोड ९८ लाख रुपैयाँ रहेको छ।

राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा साउनमा शोधनान्तर स्थिति ४० अर्ब ९० करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३६ अर्ब ४३ करोड बचतमा रहेको उल्लेख छ।

प्रकाशित: १० आश्विन २०८१ १४:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App