७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

घरजग्गा व्यवसायी संघ मोरङको अध्यक्षमा रायमाझी

घरजग्गा व्यवसायी संघ मोरङको पाँचौं वार्षिक साधारणसभाले कर्णबहादुर रायमाझीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार विराटनगरमा सम्पन्न वार्षिक साधारणसभाले नयाँ कार्यसमित चयन गरेको हो।

संघको वरिष्ठ उपाध्यक्षमा भरतराज दाहाल, उपाध्यक्षमा मात्रिका भट्टराई, महासचिवमा छवि फुयाल र प्रवक्तामा राजेन्द्रप्रसाद खनाललाई चयन गरेको छ। यस्तै सचिवमा कृष्णबहादुर थापा, कोषाध्यक्षमा ज्ञानेन्द्रकुमार बस्नेत, सदस्यमा फणिन्द्र निरौला, भवानी आचार्य, शान्तिराम खनाल, विमल भट्टराई, विक्रम थपलियालगायतलाई चयन गरेको छ।

वार्षिक साधारणसभाको उद्घाटन कोसी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले गरेका थिए। उद्घाटन सत्रलाई सम्बोधन गर्दै खापुङले घरजग्गा व्यवसाय आर्थिक क्षेत्रलाई चलायमान बनाउने, राज्यको स्रोत वृद्धि गर्ने दृष्टिकोणले महत्त्वपूर्ण रहेको धारणा राखे।

कार्यक्रममा घर जग्गा व्यवसायीहरूले अन्य व्यवसायी जस्तो घरजग्गा व्यवसायीहरू आफ्नो हक, हितको संरक्षणका लागि एक जुट हुन नसक्दा राज्यले घरजग्गा व्यवसायीलाई वेवास्ता गरिरहेको गुनासो गरे।

कार्यक्रममा नेपाल जग्गा तथा आवास व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष भेषराज लोहनी, उपाध्यक्ष दिपक मलहोत्रा, घरजग्गा व्यवसायी संघ मोरङका संस्थापक अध्यक्ष तुलसी पोखरेल, निवर्तमान अध्यक्ष घनश्याम पोखरेलगायतले घरजग्गा व्यवसायीका समस्या समाधानका लागि सरकारलाई दबाब दिन नसक्दा घरजग्गा व्यवसाय मन्दीको अवस्थामा रहेको बताए । 

प्रकाशित: १६ भाद्र २०८१ १०:२४ आइतबार

#Association of Realtors