१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अर्थ

स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेश गर्न आह्वान

सरकारले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेश गर्न आह्वान गरेको छ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आज एक सूचना जारी गर्दै स्टार्टअप उद्यम कर्जाका लागि २१ दिन भित्र योग्यता पुगेका उद्यमीलाई आफ्नो परियोजना प्रस्ताव गर्न आह्वान गरेको हो।

स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१ को दफा ४ बमोजिम योग्यता पुरा गरेका अनुसूची–१ बमोजिमको क्षेत्रमा नवीनतम ज्ञान, सोच, सीप र क्षमता बमोजिम स्टार्टअप उद्यम कर्जा लिन इच्छुक उद्यमीहरूले २१ दिनभित्र अनुसूची–३ बमोजिमको ढाँचामा परियोजना प्रस्ताव गर्न प्रतिष्ठानले भनेको छ।

परियोजना प्रस्तावको ढाँचा र थप जानकारी www.iedi.org.np मा उपलब्ध रहेको छ।

प्रकाशित: ११ भाद्र २०८१ ०९:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App