काठमाडौं– ओमेगा अटोमोबाइल्स प्रालिले जिपिएक्स रेसिङ ब्रान्डको बाइक नेपाली बजारमा भित्र्याएको छ।
थाइल्यान्डमा उत्पादत यो बाइकको इन्जिनियरिङ डिजाइन इटालीमा गरिएको हो । सन् २००७ यत एसिया र युरोपको बजारमा यो ब्रान्ड आक्रामक रुपमा विस्तार भइरहेको कम्पनीले जनाएको छ । नेपाली बजारमा यो ब्रान्ड तीन भिन्न मोडलमा बिक्री सुरु गरिएको छ । ग्वार्को, एकान्तकुना, नेपालगञ्ज र नारायणघाटस्थित कम्पनीको सोरुममा यो बाइक उपलब्ध हुने जनाएको छ ।
प्रकाशित: १९ चैत्र २०७४ ००:५७ सोमबार