२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
अर्थ

उच्च विन्दुमा पुगेको सुनको मूल्य तीन सय रूपैयाँले घट्यो

स्थानीय बजारमा आज (सोमबार) सुनको मूल्य  घटेको छ। आइतबार प्रतितोला तीन हजार रूपैयाँ बढेर नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज प्रतितोला तीन सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ। 

आइतबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो।  यस्तै, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ।

आइतबार प्रतितोला एक हजार आठ सय १० रूपैयाँमा कारोबार भएको चाँली सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित: ३ भाद्र २०८१ ११:२८ सोमबार

#gold and silver