२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

चौध खर्ब ४५ अर्ब विप्रेषण भित्रियो

गत आर्थिक वर्ष २०८०/८१ मा रु १४ खर्ब ४५ अर्ब ३२ करोड बराबरको विप्रेषण मुलुकमा भित्रिएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार विप्रेषण आप्रवाहमा १६ दशमलव पाँच प्रतिशतले वृद्धि भएको हो।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४ दशमलव पाँच प्रतिशतले वृद्धि भई १० अर्ब ८६ करोड पुगेको छ। आव २०७९/८० मा यस्तो आप्रवाह १३ दशमलव नौ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या चार लाख ६० हजार एक सय तीन र पुनःश्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ८१ हजार एक सय ९९ रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः चार लाख ९७ हजार  सात सय चार र दुई हजार ७७ हजार दुई सय ७२ रहेको थियो। समीक्षा वर्षमा खुद ट्रान्सफर १४ दशमलव सात प्रतिशतले वृद्धि भई रु १५ खर्ब ७१ अर्ब २४ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो ट्रान्सफर २२ दशमलव पाँच प्रतिशतले बढेको थियो।

प्रकाशित: २ भाद्र २०८१ १६:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App