२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

विद्युत महसुलसम्बन्धी विवाद समाधानका लागि संसदीय छानबिन समिति बनाऔंः महेन्द्रबहादुर शाही

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले डेडिकेटेड र ट्रक लाइनको बक्यौता रकम असुलीबारे छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन्।

मंगलवार प्रतिनिधि सभा बैठकमा सो विषय राष्ट्रिय बहसको विषय भएकाले यसको छानबिनका लागि संसदीय समिति नै गठन गर्नुपर्ने उनको प्रश्ताव थियो।

सांसद शाहीले कोभिडको बेलामा घाटामा गएका उद्योगहरूलाई विशेष छुट दिनुपर्ने कारण भए पनि अन्य अवस्थामा छुट दिने कुरा मान्य नहुने पनि बताए।

सांसद शाहीले सरकारले सुशासनको मामिलामा के गर्छ रु भनी प्रश्न समेत गरे पुष्पकमल दाहाल नेतृत्वको सरकारले सुशासनको पक्षमा काम गरेको जिकिर गर्दै वर्तमान सरकारले त्यसलाई निरन्तरता दिनुपर्ने उनले बताए । 

प्रकाशित: २९ श्रावण २०८१ १६:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App