४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सरकार निजी क्षेत्रको आत्मविश्वास र मनोबल बढाउन काम गरिरहेको छः अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले निजी क्षेत्रको आत्मविश्वास र मनोबल बढाउने उद्देश्यमा काम गरिरहेको बताएका छन्।

मङ्गलवार सिंहदरबारस्थित मन्त्रालयमा नेपाल घरेलु तथा साना उद्योग व्यवसायी महासंघको प्रतिनिधिहरुसँगको भेटवार्ताका क्रममा बोल्दै उनले सरकार निजी क्षेत्रको आत्मविश्वास र मनोबल बढाउने उद्देश्यसाथ काम गरिरहेको बताए। उनले सरकारको ध्यान सबैलाई उत्साहकासाथ आफ्नो पेशा, व्यवसाय र उत्पादनमा लाग्नसक्ने परिस्थिति निर्माण गर्नुमा रहेको बताए ।

उनले साना तथा घरेलु उद्योगमा रोजगारीको ठूलो संख्या रहेको तथा स्वरोजगारीको महत्वपूर्ण माध्यम बनेको भन्दै यसको प्रवद्र्धन गर्ने सरकारको नीति रहेको बताए। उनले यसको निम्ति कानून, नियम, निर्देशिका तथा निर्णयहरुमा ध्यान दिनुपर्ने कुराहरुमा ध्यान दिने प्रतिवद्धता व्यक्त गरे ।  

उनले भने –‘यो सरकार निजी क्षेत्रको आत्मविश्वास, मनोबल बढाउने उद्देश्यमा काम गरिरहेको छ । हामी भर्खर आएका छौँ । आइसकेपछि उत्पादनको अवस्था के छ ? रोजगारीको अवस्था के छ ? व्यवसायीका समस्याहरु के छन् ? तिनलाई हामीले एकपछि अर्को जानकारी लिने, छलफल गर्ने कामहरु गरिरहेका छौँ । हाम्रो कोशिस के छ भने तपाईहरुलाई उत्साहका साथमा आफ्नो पेशामा, आफ्ना व्यवसायमा, आफ्ना उत्पादनमा लाग्नसक्ने परिस्थिति निर्माण गर्ने कुरामा हाम्रो ध्यान छ । त्यस उद्देश्यले हामी केही न केही गर्छौं । तपाईहरुको निम्ति अनुकुल परिस्थिति निर्माण गर्ने । खासगरी घरेलु तथा साना उद्योगको महत्व के हो भनेदेखि देशका सबै जिल्लामा, सबै पालिकामा यसको बिस्तार छ । यसमा ठूलो संख्यामा रोजगारीमा आवद्ध छन् । अझै यसलाई बिस्तार गर्ने सम्भावना छ । स्वरोजगारीका निम्ति पनि महत्वपूर्ण माध्यम हो । त्यस हिसावले सरकारले घरेलु तथा साना उद्योगलाई प्रवद्र्धन गर्ने सरकारको नीति छ । त्यसका निम्ति कानूनका, नियमका, निर्देशिकाका, निर्णयका सन्दर्भमा के–कस्ता कुरामा ध्यान दिनुपर्छ त्यसमा ध्यान दिउँला ।’

उनले घरेलु तथा साना उद्योग व्यवसायीहरुले ऐन, कानूनमा सुधार गर्न चाहेको बुँदाहरुको सम्बन्धमा लिखित रुपमा सुझाव दिन पनि आग्रह गरे। 

प्रकाशित: १५ श्रावण २०८१ १८:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App