४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

ठुलो खेलका लागि ठुलो टिभी स्क्रिन, फुटबल सिजनमा सामसङ टिभी खरिद गर्दा विशेष अफर

सामसङले आगामी फुटबल सिजनको लागि नेपाली बजारमा विशेष अफर ल्याएको छ । फुटबल फ्यानहरूका लागि सामसङले नवीनतम टिभीहरूमा ३८ प्रतिशतसम्मको छुट प्रदान गर्ने भएको हो । साथै यस अफरमा चयन गरिएका ठुलो टिभी मोडलहरू खरिद गर्दा ग्राहकहरूले निःशुल्क साउन्डबार प्राप्त गर्न सक्ने सामसङले जनाएको छ । अन्य टिभीसँगै खरिद गरिएका चुनिँदा साउन्डबारहरूमा ५० प्रतिशतसम्म क्यास ब्याकको अफर पनि उपलब्ध छ। क्रिस्टल–क्लियर पिक्चर गुणस्तर र इमर्सिभ साउन्ड सुनिश्चित गर्दै सामसङले आफ्ना ग्राहकका लागि अविस्मरणीय फुटबल सिजनको प्रतिज्ञा गरेको छ ।

यो अफर सामसङ इन्स्टा फाइनान्सको साथ पनि प्राप्त गर्न सकिन्छ । ग्राहकले १८ महिना अवधिको लागि शुन्य प्रतिशत ब्याज ईएमआईमा सामसङका नवीनतम टिभीहरू खरिद गर्न सक्नेछन् । यसविशेष सेवाको लाभलिन ग्राहकहरुलाई मात्र आफ्नो नागरिकता पेश गरी ईएमआई पाइने सुविधा पनि उपलब्ध गराइएको छ । ग्राहकहरूको लागि आफ्नो पुरानो इलेक्ट्रोनिक्स उपकरणतथा टिभीहरूलाई बचपयकतयचभ।अयm मार्फत नयाँ सामसङ टिभीसँग साट्न, एक्सचेन्ज सेवा पनि उपलब्ध गराइएको छ । निःशुल्क इन्सटलेसन् सेवा र खरिद गरिएको टिभीमा ३ वर्षको पूर्ण वारेन्टी जस्ता सुविधाहरूले सामसङका ग्राहकहरूलाई झन्झटरहित उत्कृष्ट टिभी किन्ने अवसर प्रदान गरेको छ। यो योजना असार ३१ ग्तेसम्म लागु रहने सामसङले जनाएको छ ।  

प्रकाशित: ३१ जेष्ठ २०८१ १६:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App