१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अर्थ

सुनको मूल्य ६०० रुपैयाँले बढ्यो

स्थानीय बजारमा बुधबार सुनको मूल्य ६०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख ३८ हजार २०० रुपैयाँ मूल्य तोकिएको छ।

अघिल्लो दिन १ लाख ३७ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो। जेठ ७ गते सुनको  मूल्य  हालसम्मकै उच्च प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो।

त्यस्तै चाँदीको  मूल्य भने तोलामा १० रुपैयाँ बढेको छ। महासंघका अनुसार बुधबार प्रतितोला १ हजार ९ सय ३० रुपैयाँमा चाँदीको कारोबार भएको छ।

अघिल्लो दिन १ हजार ९२० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित: १६ जेष्ठ २०८१ ११:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App