सरकारले आगामी आर्थिक वर्ष विद्युत जडित क्षमता ४ हजार ५ सय मेगावाट पुर्याउने घोषणा गरेको छ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी वर्ष ९ सय मेगावाट थप गर्ने लक्ष्य लिएको बताएका हुन्।
उनले आगामी वर्षदेखि बंगलादेशमा बिजुली निर्यात सुरु हुने समेत जानकारी दिँदै आगामी वर्षदेखि प्रसारण लाइन र वितरणमा निजी क्षेत्रलाई सहभागी गराउने घोषणा पनि गरे।
प्रकाशित: १५ जेष्ठ २०८१ १५:५८ मंगलबार