१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सुनको मूल्य एक सय रुपैयाँले घट्यो

स्थानीय बजारमा बुधबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ। मंगलबार १२ सय रुपैयाँले घटेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भैइरहेको छ। 

यसअघि सोमबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो। त्यसयता १३ सय रुपैयाँ घटेको छ।

यस्तै,चाँदीको मूल्य भने बढेको छ। हिजो १ हजार ८८५ रुपैयाँमा कारोबार भएकोमा आज १५ रुपैयाँ बढेर १ हजार ९ सय रुपैयाँ कारोबार भएको थियो।

सोमबार चाँदीको मूल्य हालसम्मकै उच्च १ हजार ९४० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित: ९ जेष्ठ २०८१ ११:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App