२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

भिजाको नेपाल, बंगलादेश र भुटानको कन्ट्री म्यानेजरमा सब्बीर अहमद नियुक्त

भुक्तानीमा विश्वव्यापी अग्रणी संस्था भिजाले, सब्बीर अहमदलाई नेपाल, बंगलादेश र भुटानका लागि कन्ट्री म्यानेजर नियुक्त गरेको छ ।  

बंगलादेश र भियतनाममा बैंकिङ र भुक्तानीमा २७ वर्षभन्दा बढी अनुभव बटुलेका सब्बीरले अब सार्क देशहरु नेपाल, बंगलादेश र भुटानमा काम गर्नेछन् । बंगलादेशको ढाकामा केन्द्रीय कार्यालय रहेको भिजाले नयाँ व्यवस्थापक नियुक्त गरेपछि तीनै देशको बजारमा आफ्नो नेतृत्व तथा प्रतिबद्धता दोहो‍र्‍याएको छ । सब्बीरको नेतृत्वमा दक्षिण एसियाभरी डिजिटल भुक्तानीमा आफ्नो उपस्थिति बलियो बनाउने लक्ष्य भिजाको छ ।  

नियुक्तीपछि कन्ट्री म्यानेजर सब्बीरले नेपाल, बंगलादेश र भुटानमा डिजिटल भुक्तानीमा महत्त्वपूर्ण भूमिका खेल्ने लक्ष्य राखेका बताए । ग्राहक, नियामक र नेपालको बृहत्तर इकोसिस्टमसँग साझेदारी गर्न आफू महत्त्वपूर्ण भूमिका खेल्न तयार रहेको उनको भनाइ थियो ।  

भिजा दुई सयभन्दा बढी देश र क्षेत्रमा उपभोक्ता, व्यापारी, वित्तीय संस्था, र सरकारी निकायहरू बीचको लेनदेनको सुविधा प्रदान गर्ने डिजिटल भुक्तानीमा विश्वभर अग्रणी संस्था मानिन्छ । 

प्रकाशित: २ जेष्ठ २०८१ १२:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App