३ कार्तिक २०८१ शनिबार
image/svg+xml
अर्थ

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेडबीच कर्पोरेट एड्भाइजरी सेवा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ।

कमलादीस्थित सनराइज होल्डिङ्स प्राइभेट लिमिटेडको कर्पोरेट कार्यालयमा एक कार्यक्रमका बीच एलएस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेडका कार्यकारी अध्यक्ष सुभाष अमात्यले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार एलएस क्यापिटलले सनराइज होल्डिङ्स प्राइभेट लिमिटेडलाई कर्पोरेट एड्भाइजरी सेवा उपलब्ध गराउने र प्रारम्भिक सार्वजनिक प्रस्ताव (आइपिओ) तर्फ लैजान आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नेछ।

सन् २०१४ मा स्थापना भएको सनराइज होल्डिङ्स प्राइभेट लिमिटेडको मुख्य उद्देश्य जलविद्युत्, यातायात, कृषि र पर्यटनजस्ता आवश्यकीय सरकारका प्राथमिक क्षेत्रहरूमा रणनीतिक रूपमा लगानी गर्नु हो। कम्पनीको चुक्ता पुँजी ४२ करोड रूपैयाँ रहेको छ।

लगानी कम्पनीको रूपमा हाल स्टक एक्सचेन्जमा सूचीकृत धितोपत्र कारोबार, पोर्टफोलियो व्यवस्थापन, लगानी र परामर्श सेवाहरू मार्फत पुँजी बजारमा सक्रिय रूपले सहभागी भई कम्पनीले दीर्घकालीन तथा अल्पकालीन जस्ता विभिन्न लगानी योग्य क्षेत्रहरूको पहिचान गरी लगानीलाई थप प्रभावकारी तवरले अगाडि बढाउने लक्ष्य राखेको छ।

लक्ष्मी सनराइज बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी एलएस क्यापिटलले मर्चेन्ट बैंकिङ क्षेत्रमा बलियो उपस्थिति देखाएको छ। इजाजत प्राप्त मर्चेन्ट बैंकरको रूपमा, क्यापिटलले मर्चेन्ट बैंकिङ सम्बन्धी बृहत् सेवाहरू प्रदान गर्दछ।

प्रकाशित: २७ वैशाख २०८१ ०७:४४ बिहीबार

LS Capital SUNRISE HOLDINGS PRIVATE LIMITED