१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
अर्थ

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ।

चालु आवमा पाँच अर्ब ५९ करोड सङ्कलन गर्ने लक्ष्य लिएकोमा हालसम्म आठ अर्ब ५६ करोड सङ्कलन भइसकेको भन्सार प्रमुख दयानन्द केसीले जानकारी दिए।

नाका सञ्चालन भएपछि व्यापार बढेको उनले बताए। पछिल्लो समय मानिसहरुको आवतजावत बढिरहेको उनको भनाइ छ।

यस भन्सार नाकामा भूकम्प पछिल्लो समय व्यापारिक गतिविधि बढे पनि सडकलगायतका पूर्वाधारमा भने सुधार हुन नसकेको उनले जानकारी दिए।

प्रकाशित: ६ वैशाख २०८१ १५:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App