१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
अर्थ

होन्डाको टेक्निसियन स्किल कन्टेस्ट

होन्डाले ‘होन्डा टेक्निसियन स्किल कन्टेस्ट २०२४’ सम्पन्न गरेको छ। कम्पनीले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनको सिप अभिवृद्धि गर्ने र बिक्रीपछिको सर्भिसको सेवा स्तर उत्कृष्ट बनाउने उद्देश्यका साथ कन्टेस्ट सम्पन्न गरेको हो।

कन्टेस्टमा एसटिसी वर्कसप टेकुका प्रलाद दाहालले प्रथम पुरस्कार प्राप्त गरेका छन्। त्यसैगरी ओम सत्य साही अटो सिटी इटहरीका गजेन्द्र बुढाथोकी द्वितीय र एसटिसी वर्कसप कोहलपुरका सन्तोष अर्जेलले तृतीय पुरस्कार प्राप्त गरेका छन्।

यसै क्रममा प्रथम हुनेले ५० हजार , द्वितीयले ३० हजार र तृतीयले २० हजार रूपैयाँका साथै सबै सहभागीलाई प्रमाणपत्र समेत प्राप्त गरेका थिए।

प्रकाशित: ३ वैशाख २०८१ ०७:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App