१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

महालेखा परीक्षकमा तोयम रायालाई नियुक्त गर्न सिफारिस

संवैधानिक परिषद्ले महालेखा परीक्षकमा तोयम रायालाई नियुक्त गर्न सिफारिस गरेको छ।

आज बिहान बालुवाटारमा बसेको परिषद्को बैठकले रायालाई महालेखा परीक्षकमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहतको राष्ट्रिय तथ्यांक कार्यालयका सचिव रहेका राया पूर्व अर्थसचिव हुन्।

गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि महालेखा परीक्षकको पद रिक्त रहेको थियो।

प्रकाशित: १८ चैत्र २०८० ११:२२ आइतबार

महालेखा परीक्षक संवैधानिक परिषद् तोयम राया