१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

चार्जिङ स्टेशनमा लगानी बढाउन कुलमानको आह्वान

क्याप्शन

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानीकर्ताहरुलाई आह्वान गरेका छन्। बिहीबार काठमाडौंमा याडिया जि-६ विद्युतीय स्कुटर सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो आह्वान गरेका हुन्।

‘सरकारले सबैभन्दा पहिला प्रोत्साहनका लागि देशभरका विभिन्न स्थानमा गरी ५१ वटा चार्जिङ स्टेशन राखेको थियो। अहिलेसम्म आइसक्दा विद्युत् प्राधिकरण र निजी क्षेत्र मिलेर देशभरका विभिन्न स्थानहरुमा करिब ४ सय फास्ट चार्जिङ स्टेशन राखिएको छ।’ उनले भने।

प्राधिकरणले चार्जिङ स्टेशनबाट नाफा कमाउन नभई प्रोत्साहनका लागि लगानी गरिरहेको उनले बताए। धुलिखेलदेखि सिन्धुली बर्दीवाससम्म धेरै संख्यामा चार्जिङ स्टेशन बनेको उनले सुनाए। चार्जिङ स्टेशनमा गरिएको लगानी पेट्रोल पम्पमा गरिने लगानी भन्दा ठूलो हुने उनको भनाइ थियो। 

अबको पुस्ताले इलेक्ट्रिसिटीमा सबै काम गर्नेगरी विकास गर्न आवश्यक रहेकोको उनले जोड दिए।

प्रकाशित: १५ चैत्र २०८० १४:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App