१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
अर्थ

उपत्यकामा घट्यो महँगी, सबैभन्दा बढी पहाडमा

काठमाडौँ उपत्यकाको महँगी घटेको छ। सबैभन्दा बढी महँगी पहाडमा भएको जनाइएको छ।

नेपाल राष्ट्र बैंकले आइतबार ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदन सार्वजनिक गर्दै उपत्यकाको महँगी चालु आवको सात महिनामा घटेको जनाएको हाे।

प्रतिवेदन अनुसार अघिल्लो वर्षको तुलनामा उपत्यकाको महँगी घटेर ४.९६ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष यही समयमा उपत्यकाको महँगी ८.४७ प्रतिशत थियो।  

यसैगरी राष्ट्र बैंकले पहाडमा सबैभन्दा बढी महँगी भएको उल्लेख गरेको छ। पहाडमा महँगीको प्रतिशत ५.५८ प्रतिशत छ। 

यसैगरी तराईमा ४.७१ र हिमाल ५.४४ प्रतिशत महँगी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। अघिल्लो वर्ष यही अवधिमा पहाडमा ७.३०, तराईमा ७.८२ र हिमालमा ७.९३ प्रतिशत महँगी थियो।

प्रकाशित: २७ फाल्गुन २०८० १६:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App