२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

बजाज पल्सरको ‘१०० एनएस राइड’

बजाज पल्सरले ‘१०० एनएस राइड’ सम्पन्न गरेको छ। कम्पनीले सय वटा बिरुवा रोप्ने उद्देश्यको साथ सगरमाथा र जनकपुर क्षेत्रका ग्राहकलाई समेटेर १०० एनएस राइड आयोजना गरेको हो।

कम्पनीले विश्व सिमसार दिवसको अवसर पारेर गरेको एनएस राइड कार्यक्रममा उदयपुर कटारीमा रहेको सिसाघारी सिमसार क्षेत्रमा सयभन्दा धेरै फलफूलको बिरुवा वृक्षारोपण गरेको हो।

सयभन्दा धेरै एनएस ग्राहक सहभागी यो राइडमा जनकपुर, धनुषाधाम, यदुकुवा, जलेश्वर, मिर्चैया, गोलबजार, राजविराज, बर्दिबास, गाइघाट, लहानलगायतका विभिन्न स्थानका राइडरहरू सहभागी रहेका थिए। कार्यक्रममा सहभागी सबै राइडरहरूले उत्साहका साथ वृक्षारोपण गर्नुका साथै विभिन्न मनोरञ्जनात्मक खेलहरूमा भाग लिएका थिए।

प्रकाशित: ८ फाल्गुन २०८० ०८:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App