४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

झ्यामोलोङ्मा हाइड्रोपावरको साधारण सेयर निष्कासन सम्झौता

झ्यामोलोङ्मा हाइड्रोपावर डेभलपमेन्टको साधारण सेयर निष्कासनका लागि श्री एल एस क्यपिटलसँग सम्झौता गरिएको छ।

सर्वसाधारणको लागि निष्कासन गरिने सय रूपैयाँ दरको ५१ लाख कित्ता साधारण सेयर निष्कासन गर्न श्री एल एस क्यापिटललाई बिक्री प्रवन्धकमा नियुक्त गरिएको हो। सम्झौतामा कम्पनीको तर्फबाट कार्यकारी सञ्चालक सुनिलनारायण श्रेष्ठ तथा एल एस क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन्।

 जारी पुँजी दुई अर्ब ५५ करोड रूपैयाँ रहेको झ्यामोलोङ्मा हाइड्रोपावर डेभलपमेन्टले करुवा सेती हाइड्रोपावर आयोजना निर्माण कार्य करीब ८५ प्रतिशत सम्पन्न गरिसकेको जनाएको छ।

कोकाकोला नेपालको  

५० औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं, माघ २५ (नागरिक)– कोकाकोलाले नेपालमा ५० औं वर्ष मनाएको छ। कम्पनीले विशेष कार्यक्रम गरी सञ्चालनको पचासौं वार्षिकोत्सव मनाएको हो ।

सन् १९७३ मा नेपाल प्रवेश गरेदेखि नै कोकाकोला नेपाली समुदायको एक अभिन्न अंग बन्न पुगेको थियो। पारिवारिक जमघटदेखि राष्ट्रिय स्तरका कार्यक्रमसम्म कोकाकोलाले अविस्मरणीय सम्झनाहरू बनाएको छ। काठमाडौं र चितवन गरी कोकाकोलाको नेपालमा दुईवटा उत्पादन कारखाना रहेका छन्। देशभर एक लाखभन्दा बढी रिटेलर आउटलेटहरू भएको कोकाकोलाले एक हजारभन्दा बढी कामदारलाई प्रत्यक्ष÷अप्रत्यक्ष रोजगारी प्रदान गरेको छ।  

५० औं वार्षिकोत्सवमा बोल्दै बोल्दै बोटलर्स नेपाल लिमिटेडका अध्यक्ष एन एन सिंहले भने, ‘लजिस्टिक र संस्थागत संरचना पूर्ण रूपमा विकास नभएकाले ५० वर्षअघि नेपालमा पहिलो अमेरिकी कम्पनी भिœयाउनु नै एक चुनौती थियो। अहिलेसम्म आइपुग्दा कोकाकोलाले विभिन्न साझेदारसँग बलियो सञ्जाल बनाउन सफल भएको छ ।’

प्रभु महालक्ष्मी लाइफको  

अभिकर्ता अन्तरक्रिया

काठमाडौं, माघ २५ (नागरिक)– प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले काठमाडौं उपत्यकामा रहेका वरिष्ठ अभिकर्ताहरूबीच अन्तरक्रिया गरेको छ। कार्यक्रममा उपत्यकाका वरिष्ठ अभिकर्ताहरूको उल्लेख्य उपस्थिति  

रहेको थियो ।  

अन्तरक्रियाको उद्घाटन कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रसाईंले अभिकर्ताबीच आपसी साथ, सहयोग र सद्भाव कायम गर्न कम्पनीले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको बताए। उनले यस्ता कार्यक्रमले अभिकर्ताहरूमा काम गर्न उर्जा प्राप्त हुने विश्वास पनि व्यक्त गरेका छन् ।

कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने अभिकर्तालाई सम्मान गरिएको थियो। यस्तै अभिकर्ता स्किमअन्तर्गत लक्की ड्रमार्फत स्कुटर विजेता बनेका पाटन शाखामा कार्यरत एजेन्सी म्यानेजर पवनकुमार शाहीलाई स्कुटर हस्तान्तरण गरिएको छ ।

प्रकाशित: २६ माघ २०८० ०८:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App