४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पुवाखोला-वानको सेयर निष्कासन लक्ष्मी सनराइज क्यापिटलले गर्ने

पुवाखोला–वान हाइड्रोपावरले साधारण सेयर निष्कासन गर्न लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको छ।

प्रतिसेयर सय रूपैयाँ अंकित दरको १९ लाख ४६ हजार ६ सय ६० कित्ता साधारण सेयर सर्वसाधारणहरूमा निष्कासन गर्न लक्ष्मी सनराइजलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो।

पुवाखोला–वान हाइड्रोपावरका तर्फबाट प्रबन्ध निर्देशक कदम केसी र लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेको छ। पुवाखोला–वान हाइड्रोपावरको इलाम जिल्लामा अवस्थित चार मेगावाट क्षमताको जलविद्युत् आयोजना छ।

प्रकाशित: १२ माघ २०८० ०२:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App