१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

मुक्तिनाथ बैंकको वार्षिक साधारणसभा

मुक्तिनाथ विकास बैंकले सत्रौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। साधारणसभाले आव २०७९-०८० को वार्षिक प्रतिवेदन पारित गर्दै सेयरधनीलाई १०.२६ प्रतिशत लाभांश दिने प्रस्ताव स्वीकृत गरेको छ। सो लाभांशमध्ये ९.७५ प्रतिशत बोनस सेयर र बाँकी ०.५१ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश रहेको छ।

सोही सभाबाट आव २०८०-८१ को लागि लेखा परीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरू पारित गरेको छ।

यसैक्रममा सभाले बैंकको नयाँ सञ्चालक समितिसमेत चयन गरेको छ। नयाँ सञ्चालक समितिमा भरतराज ढकाल, नारायणकुमार श्रेष्ठ, भरतप्रसाद लम्साल, विनोदकुमार शर्मा र सरोजा श्रेष्ठ (कोइराला) सर्वसम्मत चयन भएको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले बताएका छन्।

प्रकाशित: १ माघ २०८० ०२:२३ सोमबार

मुक्तिनाथ विकास बैंक सत्रौं वार्षिक साधारणसभा वार्षिक प्रतिवेदन पारित आव २०७९-०८०