१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

महालक्ष्मी बैंकद्वारा सामाजिक कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंकका शाखाहरूद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय, सामाजिक संस्था र धार्मिक संघलाई सहयोगका कार्यक्रम गरेका छन्।

बैंकको न्युरोड शाखाद्वारा न्युरोडको हिमालय माध्यमिक विद्यालय, एक थान प्रिन्टर प्रदान गरेको छ। यस्तै बैंकको गोंगबु शाखाद्वारा काठमाडौं महानगरपालिका वडा २६ मा अवस्थित पवित्र नगर समाजलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

गोंगबु शाखाका प्रमुख अमिता बगालेले पवित्र नगर समाज समितिका अध्यक्ष सूर्यमणि पौडेललाई तीस हजार रूपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन्।

प्रकाशित: २५ पुस २०८० ०३:४६ बुधबार

महालक्ष्मी विकास बैंक न्युरोड शाखा हिमालय माध्यमिक विद्यालय प्रिन्टर