१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

देउवा र ओलीसँग उद्योगीकाे गुहार

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेर बक्यौता भुक्तानी नगरेका नौ उद्योगको बिजुलीको लाइन काटेपछि उद्योगीले शीर्षनेतासँग भेटघाट गरेका छन्।

नेपाल उद्योग परिसंघसहित प्रभावित उद्योगी व्यवसायीहरूले डेडिकेटेड र ट्रंक लाइन विवादका विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराउँदै अहिले देखिएको विवाद समाधान गर्न पहल लिइदिन अनुरोध गरेका छन्।

नेपाल परिसंघका उपाध्यक्ष अमित मोरसहितका उद्योगीहरूले राजनीतिक दलका नेतृत्वको ध्यानाकर्षण गराएका हुन्।

विद्युत् लाइन काटिएका उद्योगीले मंगलबार एमाले अध्यक्ष ओलीसँग र बुधबार बिहान कांग्रेस सभापति देउवासँग भेटघाट गरेका हुन्। सो भेटमा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले कानूनी व्यवस्था अनुरूप विवाद समाधान हुनुपर्ने बताएका छन्।

भेटघाटको क्रममा दुवै शीर्ष नेताले अहिले देखिएको विवाद कानुनी व्यवस्था अनुरूप नै टुंग्याउनुपर्छ भनेको व्यवसायीहरूले बताएका छन्। शीर्ष नेताहरूले यो विवाद बढाउने नभई समाधान गर्नेतर्फ आफूहरूले पनि सरकारको ध्यानाकर्षण गराउने’ आश्वासन दिएको भेटमा सहभागी उद्योगीले बताएका छन्।

प्रकाशित: १३ पुस २०८० ०२:२८ शुक्रबार

नेपाल विद्युत् प्राधिकरण नेपाल उद्योग परिसंघ डेडिकेटेड र ट्रंक लाइन