१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

कुमारी बैंकको भाइबर बैंकिङ सेवा

काठमाडौं – कुमारी बैंक लिमिटेडले भाइबर बैंकिङ सेवा सुरु गरेको छ । बैंकले आफ्ना ग्राहक तथा भाइबर प्रयोगकर्तालाई लक्षित गरी यो सेवा सुरु गरेको हो।

यो सेवामार्फत आफ्नो खाताको विवरण, खाताको कारोबार, कर्जा सुविधा, कार्ड सुविधा, खाताका किसिम, ब्याजदर, बैंकका शाखा, एटिएमबारे जानकारी तथा अन्य बैंकिङ सेवा निःशुल्क लिन सकिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यो सेवाबाट कुमारी बैंकमा खाता नभएका व्यक्तिले समेत लाभ लिन सक्ने बैंकले जनाएको छ।

‘बैंकले आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राख्दै प्रविधिको प्रयोग गरी, आधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आइरहेकोे छ,’ विज्ञप्तिमा भनिएको छ, ‘मोबाइल फोनकोे अधिकतम उपयोग गरी ग्राहकले सरल एवं उत्कृष्ट बैंकिङ सेवाबाट लाभ लिनेमा विश्वस्त छौं।’
 

प्रकाशित: २१ माघ २०७४ ०२:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App