१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

एनसेल वुमन आइकन आइसिटी अवार्ड हुँदै

एनसेलले नेपालको सूचना तथा सञ्चार प्रविधि (आइसिटी) क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने महिलालाई ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड’ बाट सम्मान गर्ने भएको छ।

यस वर्ष यो विधाको अवार्डका लागि कुल ३४ जना मनोनयनमा परेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार मनोनयनबाट सूचना प्रविधिको क्षेत्रमा पुर्‍याइएको योगदानका आधारमा तीन चरणको मूल्यांकनपश्चात् अवार्डका लागि सात जना महिला छनोटमा परेका छन्।

कम्पनीले यही शुक्रबार इनड्राइभ आइसिटी अवार्ड-२०२३ को फाइनल कार्यक्रममा ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३’ प्रदान गर्ने जनाएको छ। ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३’ प्रदान गर्नका लागि एनसेलले आइसिटी अवार्डसँग सहकार्य गर्दै आएको छ।

प्रकाशित: ६ पुस २०८० ०१:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App