२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

नेसनल लाइफको कोसी टप्पु आरक्ष भ्रमण

नेसनल लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरूलाई कोसीटप्पु वन्यजन्तु आरक्षको भ्रमण गराएको छ। कम्पनीको मासिक योजना अन्तर्गत लक्ष्य पूरा गर्ने अभिकर्ताहरूले कोसीटप्पु आरक्षको भ्रमण, सप्तकोसीमा बोटिङ लगायतका विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा सहभागिता जनाएका थिए।

कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित प्रदेश प्रमुख, विभागीय प्रमुख तथा विभिन्न शाखाका शाखा प्रमुखहरूसहित देशैभरिबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका करिब ६ सय जनाभन्दा बढी बरिष्ठ अभिकर्ताहरूले कार्यक्रममा सहभागिता जनाएका थिए।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत खत्रीको सभापतित्वमा सम्मान कार्यक्रमको आयोजना गरी उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरूलाई सम्मान तथा योजनामा छनौट भई सम्मानित हुन सफल अभिकर्तालाई गिफ्ट भौचर र अवार्ड प्रदान गर्नु गरेका थिए। यस प्रकारको कार्यक्रमबाट मनोरञ्जनका साथै आफ्नो वृत्तिविकासमा समेत योगदान पुर्‍याउने विश्वास कम्पनीले लिएको छ।

प्रकाशित: १८ मंसिर २०८० ०१:०९ सोमबार

नेसनल लाइफको कोसीटप्पु आरक्ष भ्रमण