४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सुनको मूल्य ३ सयले घट्यो

शुक्रवार सुनको मूल्य घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार साताको अन्तिम दिन सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको हो।

महासङ्घकाअनुसार आज सुनको मूल्य तोलामा एक लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य मूल्य २० रुपैयाँले बढेको छ। शुक्रवार चाँदीको मूल्य एक हजार ५ सय ४० रुपैयाँ कायम भएको छ।

यसअघि बिहीवार सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड मूल्यमा स्थिर थियो। बिहीवार छापावल सुनको मूल्य एक लाख १९ हजार ३ सय, तेजावी सुनको मूल्य एक लाख १८ हजार ७५० र चाँदी एक हजार ५२० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: १५ मंसिर २०८० ०५:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App