१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सिन्धुलीमा महिन्द्राको ‘इलेक्ट्रिक थ्री-ह्विलर अटो ट्रियो’ लोकप्रिय

सिन्धुलीमा महिन्द्रा एन्ड महिन्द्राको आधिकारिक बिक्रेता अग्नि ग्रुपको ‘इलेक्ट्रिक थ्री-ह्विलर अटो ट्रियो’ को लोकप्रियता बढेको छ।

कम्पनीले देशको विभिन्न ठाउँमा इलेक्ट्रिक थ्री-ह्विलर अटो ट्रिया सार्वजनिक गरे लगत्तै छोटो समयमा सिन्धुलीका स्थानीयले ट्रेओ रुचाएको कम्पनीले बताएको छ।

हालै मात्र कम्पनीले सिन्धुलीका स्थानीय तीन जना महिला र १३ जना पुरुषलाई एकै पटक १६ इलेक्ट्रिक अटो हस्तान्तरण गरेको छ।

यस्तै कम्पनीले अग्नि हायर पर्चेज र वाणिज्य बैंकको आर्थिक सहयोगमा स्थानीय बासिन्दालाई इलेक्ट्रिक अटो खरिद गर्र्न सहज र झन्झटमुक्त बनाएको छ भने सवारी साधन बिमा गर्नलाई प्रभु इन्स्योरेन्सले सहयोग गरेको छ।

संस्थाहरूको यस प्रकारको वित्तीयसहयोग र स्वदेशमा विद्युतीय अटोको उपलब्धताले स्थानीय जनतालाई रोजगारीको अवसर र आम्दानीको स्रोत सिर्जना गरेको कम्पनीको विश्वास छ। यसै क्रममा नयाँ तथा पुरानो ट्रियोेको लस्करका साथ बजार परिक्रमा गरिएको थियो।

प्रकाशित: १४ मंसिर २०८० ०३:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App