२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सुनको मूल्यमा नयाँ रेकर्ड

नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ४०० रुपैयाँ कायम भएको छ।

यसअघि कात्तिक ११ मा सुनको मूल्यले प्रतितोला एक लाख १७ हजार रुपैयाँको उच्च रेकर्ड बनाएको थियो। त्यस्तै सोमबार तेजाबी सुन तोलाको एक लाख १६ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर हालसम्मकै उच्च कायम भएको छ। महासंघका अनुसार चाँदी तोलाको एक हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: ११ मंसिर २०८० ०६:५२ सोमबार

सुनको मूल्य नेपाल सुनचाँदी व्यवसायी महासंघ