नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। बिहीबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर रेकर्ड कायम गरेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख १३ हजार ७ सय रुपैयाँ कायम भएको छ। यो हालसम्मकै सबैभन्दा उच्च मूल्य हो।
यस अघि साउन ४ गते छापावल सुनको मूल्य एक लाख १३ जहार ६०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, तेजावी सुनको मूल्य १ लाख १३ हजार १५० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १३ सय ९५ रुपैयाँ कायम भएको छ।
प्रकाशित: २ कार्तिक २०८० ०७:१३ बिहीबार