६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंकको अध्यक्षमा पाण्डे

उद्योगपति तथा बैंकर प्रबलजंग पाण्डे सिटिजन्स बैंकको अध्यक्षमा चयन भएका छन्। बैंकको सञ्चालक समितिको सदस्य पदमा रहेर काम गरेका पाण्डेलाई बैंक सञ्चालक समिति बैठकले पाण्डेलाई अध्यक्ष पदमा चयन गरेको हो। सो निर्णय बैंकको १७ औं वार्षिक साधारणसभाबाट पारित गरिएको थियो।

बैंकको १७ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको हो। सिटिजन्स बैंककै सञ्चालक पदमा रहेर काम गरेका पाण्डे बैंकका अध्यक्ष राजनसिंह भण्डारीको कार्यकाल समाप्त भएपछि अध्यक्ष चयन भएका हुन्। संस्थापक सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने पाण्डेलाई सञ्चालक समितिले आगामी चार वर्षका लागि अध्यक्ष चयन गरेको हो।

नेपाल उद्योग वाणिज्य संघको नेतृत्वमा रहेर काम गरेका पाण्डे बैंक, इन्स्योरेन्ससहित औषधि, सिमेन्ट उद्योगमा काम गर्दै आएका छन्। पाण्डे बैंक सञ्चालक समिति सदस्य हुँदा मर्जर तथा एक्विजिसन समितिमा रहेर तिनाउ मिसन विकास बैंक, सृजना फाइनान्स र सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने प्रक्रियामा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

अध्यक्ष पाण्डे युवा उद्यमीका रूपमा परिचित छन्। निजीक्षेत्रका समस्याका विषयमा विभिन्न फोरममार्फत आवाज उठाउँदै आएका पाण्डे विभिन्न संघसंस्थाको नेतृत्वदायी भूमिकामा रहेर काम गर्दै आएका छन्।

प्रकाशित: २८ आश्विन २०८० ०१:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App