१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको निर्णय फिर्ता

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि नेपाल आयल निगमले बुधबार राति गरेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिको निर्णय फिर्ता लिएको छ। 

प्रधानमन्त्री देउवाले निर्वाचनको मुखमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि नगर्न निगम व्यवस्थापनलाई निर्देशन दिएपछि सञ्चालक समितिले मूल्य यथावत् राख्ने निर्णय गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए। 

निगम व्यवस्थापनले पेट्रोलियम पदार्थको स्वचालित मूल्य निर्धारण प्रणालीअनुसार बुधबार रातिदेखि लागू हुने गरी एलपी ग्यासमा प्रतिसिलिण्डर रु २५, पेट्रोलमा प्रतिलिटर रु दुई र डिजेल तथा मट्टितेलमा प्रतिलिटर डेढ रुपैयाँ मूल्य वृद्धि गरेको थियो। 

सरकारको निर्देशनपछि वृद्धि भएको मूल्य फिर्ता गरी पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको निगमले जनाएको छ । 

प्रकाशित: १६ कार्तिक २०७४ १०:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App