२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

नेप्से १३ अंकले घट्याे

काठमाडौं- धितोपत्र बजार  ओरालो लागेको छ। नेप्से परिसूचक  १३.४९ अंकले ओरालो लागेर एक हजार ५ सय ४० बिन्दुमा पुगेको हो। ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.७९ प्रतिशतले घटेको छ।

अाइतबार अन्य समूहबाहेक अरु सबै समूहका शेयर घटेकाे छ।  कुल एक सय ५८ कम्पनीको १३ लाख ८१ हजार दुर्इ सय ४८ कित्ता शेयर ५०  करोड १४ लाख २६ हजार एक सय २१ मूल्यमा कारोबार भएको छ। बैंकिङ १२.९१, व्यापार २.५३, होटल ३८.७४, विकास बैंक १७, जलविद्युत् १५.७ र बिमा ३.१ बिन्दूले घटेको छ।
राजनीतिक उतारचढाव रहेका कारण बजार ओरालो लागेको छ। नेपाल धितोपत्र बोर्डले भने धैर्यतापूर्वक रहन र अनावश्यक टिप्पणीमा नअल्झन लगानीकर्तालाई आग्रह गरेको छ। बोर्डले एक सूचनामार्फत बजारलाई प्रभावित पार्ने प्रवृत्तिसँग सतर्क रहन आग्रह गरेको हो।

प्रकाशित: १२ कार्तिक २०७४ १०:०९ आइतबार

नेप्से १३ अंकले घट्याे