१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

कोशी टप्पुमा पर्यटक आगमन बढ्दो

इटहरी- चराको स्वर्ग भनेर चिनिदै आएको कोशी टप्पु वन्य जन्तु आरक्षमा पर्यटक आगमन दर बढ्दो छ। शान्तिपूर्ण अवस्थाले गर्दा पर्यटकको संख्या आगमन उत्साहजनक वृद्दि भएको हो । पछिल्लो चार बर्षको तथ्याङ्क हेर्दा पर्यटक आगमन लगातार उकालो लाग्दो  छ।

 दसकअघि ठूलो संख्यामा आगन्तुक पाहुना चरा आउँदा पर्यटकको संख्या उत्साहजनक हुने गर्थ्यो । तर, २०६५ भदौं २ गते कोशी नदीले पूर्वी तटबन्ध भत्काएर मानववस्तीमा पस्दा केही बर्षसम्म पर्यटकको आगमन पट्यारलाग्दो थियो । पुर्ननिर्माणको काम हुदाँ मानवीय चापले चराको संख्या घटेको थियो । 

कोशी टप्पुको सुनसरीमा पर्ने ठूलो भाग मरुभुमि बनाएपछि चराको संख्या केही बर्षसम्म घटेको पनि थियो । कोशीले पूर्वी तटबन्ध भत्काएको दुई बर्षपछि पाहुना चरा पनि आशलाग्दो गरि आउन थालेका थिए।

नेपालमा पाइने चरामध्ये कोशी टप्पुमा ५२६ प्रजातिका चरा पाइन्छन्। यो बर्ष पनि पाहुना चरा आउन थालेका छन् । जनवरीमा गणना गर्दा यकिन चराको संख्या पत्ता लाग्नेछ । तर, फिरन्ते चरा आएको संख्या हेर्दा आशलाग्दो नै रहेको वार्डेन श्यामकुमार साहले बताए।

आरक्षको रेकर्ड अनुसार, चालु आर्थिक बर्षको साउन र भदौंमा एक हजार चार सय २० जना पर्यटकको आगमन भएको छ। यीमध्ये पाँच जना विदेशी पर्यटक छन् । आर्थिक बर्ष २०७३–०७४ मा ११ हजार २५२ जना पर्यटक भित्रिएका छन् । जसमा सार्क राष्ट्रका ५४ जना र विदेशी १९६ जना छन् । बर्षेनी पर्यटकको संख्या बढेकाले गर्दा सरकारी र नीजि क्षेत्रलाई उत्साही बनाएको अवस्थामा आर्थिक बर्ष २०७२–०७३ मा नौं हजार २३७ जनाको आगमन भएको थियो । आर्थिक बर्ष २०७१–०७२ मा आठ हजार ७१९ र आर्थिक बर्ष २०७०–०७१ मा आठ हजार ४७४ जनाको आगमन भएको थियो ।

कोशी टप्पुमा चरासँगै पर्यटकले अर्नाप्रति मोहित भएर आउने गरेका छन्। कोशी टप्पुमा अर्नाको संख्या अहिले ४१९ वटा छन् । १३ वटा अर्ना अघिल्लो बर्ष चितवान राष्ट्रिय निकुञ्ज सारिएको थियो  । आरक्ष क्षेत्र सुनसरी, सप्तरी र उदयपुरमा गरी एक सय ७५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ ।

प्रकाशित: २८ आश्विन २०७४ ११:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App