८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

उद्योग वाणिज्य संघको चुनावमा काँग्रेस र एमालेको प्रभाव

जाजरकोट, असोज १८ – जाजारकोटको उद्योग वाणिज्य संघको चुनावमा नेपाली काँग्रेस र माओवादी गठबन्धन र एमाले निकट व्यापारीहरुको प्रभाव देखिएको छ । आगामी असोज २२ मा हुने चुनावमा नेपाली काँग्रेस र माओवादी गठबन्धनको तर्फबाट  भद्रबहादुर वली र एमालेबाट कर्णवहादुर खत्रीले उम्मेद्वारी दिएका छन् ।
अध्यक्षसहितका १५ जना पदाधिकारी र सदस्यको लागि हुन लागेको चुनावमा  नेपाली काँग्रेस माओवादी गठबन्धनका तर्फबाट अध्यक्ष वली सहित वरिष्ठ उपाध्यक्षमा पारसकुमार  वाग्ले, उपाध्यक्षमा मिलन चन्द्र, महासचिवमा  बुद्धीबहादुर खत्री, सचिवमा सूर्यबहादुर रोकाय, कोषाध्यक्षमा धनसरा शाही  लगायत सदस्यमा उम्मेद्वारी दिएका छन् ।
त्यस्तै  एमालेको तर्फबाट अध्यक्षमा खत्री सहित वरिष्ठ उपाध्यक्ष शिवविक्रम हमाल, उपाध्यक्ष नरबहादुर थापा, महासचिव  इश्वरीबहादुर खत्री र कोषाध्यक्ष मोहन खड्काले उम्मेद्वारी दिएका छन् ।

 

प्रकाशित: १८ आश्विन २०७४ ०९:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App