४ कार्तिक २०८१ आइतबार
image/svg+xml
अर्थ

पर्यटकीय क्षेत्रको विकासमा ४४ लाख विनियोजन

तेह्रथुम, असोज १२ – तेह्रथुमको छथर गाउँपालिकाले पर्यटकीय क्षेत्रको प्रचारप्रसार र पूर्वाधार विकासका लागि ४४ लाख रुपैंया विनियोजन गरेको छ । गाउँपालिका क्षेत्र भित्रका ऐतिहासिक, पुरातात्विक, जातीय, भौगोलिक, धार्मिक तथा साँस्कृतिक महत्वका स्थानको पहिचान गरी तीनको प्रचारप्रसार र पूर्वाधार विकास गर्ने कार्यक्रम रहेको अध्यक्ष सन्तवीर तिगेलाले बताए ।  

सो कार्यका लागि चालु आवमा रु ४४ लाख बजेट छुट्याएको छ । ‘तेह्रथुमको छथर गाउँपालिका पर्यटकीय सम्भावना भएका तथा संरक्षणको अभावमा गुमनाम रहेका क्षेत्रमा पर्यटन विकास गरिने भएको हो । रकम विनियोजनले पर्यटन विकासमा टेवा पुग्ने देखिएको छ । धनकुटा सदरमुकामदेखि दुई घण्टाको सवारी यात्रामै पुग्न सकिने यो क्षेत्र पर्यटकको राम्रो गन्तव्य बन्नसक्ने सम्भावना रहेको छ । पर्यटकीय पूर्वाधार र सुविधाको विकास गरी यस क्षेत्रमा भित्रिएका पर्यटकलाई कम्तीमा तीन दिनसम्म यहीँ रहने र अवलोकनका लागि घुम्न पाउने वातावरण तयार गरिने छ,’ – तेह्रथुमको छथर गाउँपालिका पर्यटकीय क्षेत्रका अध्यक्ष सन्तवीर तिगेलाले भने । 

उनका अनुसार सौरेनीमा पिकनिक पार्क, चाङसिङ गढीमा भ्यु टावर, शुक्रबारे प्रहरी चौकी परिसरमा भ्यु पार्क, शुक्रबारे आहालडाँडा भ्रमण पार्क, मार्घापोखरी संरक्षण, साततले मन्दिरधाम प्रवद्र्धन, थाक्चोलुङ, ताक्लुङ गढी, हनुमाने ढुङ्गा, नागा ओडारको संरक्षण लगायतका कार्य सुरु गरिने छन् । 

प्रकाशित: १२ आश्विन २०७४ ०४:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App