३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

एचआइडिसिएलद्वारा १६ अर्ब ऋण स्वीकृत

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) ले आव २०७९/८० मा मात्रै एक दर्जन जलविद्युत् आयोजना निर्माणका लागि १६ अर्ब ५६ करोड रूपैयाँको ऋण/सेयर लगानी स्वीकृत गरेको छ।

कम्पनीले गत आवमा हालसम्मकै धेरै आयोजना र धेरै लागतको ऋण तथा सेयर लगानी स्वीकृत गरेको हो। एचआइडिसिएलका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतमले गत आर्थिक वर्षमा एक दर्जन जलविद्युत् परियोजनाका लागि १६ अर्ब ५६ करोड लगानी स्वीकृत गरेको बताए।

‘गत आर्थिक वर्ष हाम्रो लागि लगानी निकै ऐतिहासिक र उत्साहप्रद रह्यो,’ उनले भने ‘गत आवमा ७ वटा सरकारी र पाँच वटा निजीक्षेत्रले निर्माण गर्न लागेका जलविद्युत् आयोजनामा ऋण/सेयर लगानी गर्ने निर्णय गरेका छौं। हामीले सरकारी र निजी दुवै क्षेत्रमा सन्तुलित ढंगले लगानी गर्ने निर्णय गरेका छौं।’

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) ले आव २०७९/८० मा मात्रै एक दर्जन जलविद्युत् आयोजना निर्माणका लागि १६ अर्ब ५६ करोड रूपैयाँको ऋण/सेयर लगानी स्वीकृत गरेको छ।

तमोर सानिमा इनर्जी प्रालिले प्रवद्र्धन गरेको २८५ मेगावाट क्षमताको अपर तमोर जलविद्युत् आयोजनामा ४ अर्ब रूपैयाँ ऋण लगानी स्वीकृत गरेको छ।

यो जलविद्युत् आयोजना ताप्लेजुङ जिल्लामा अवस्थित छ। यो आयोजनाको कुल लागत ५५ अर्ब १५ करोड रूपैयाँ लागत लाग्ने अनुमान गरिएको छ। यो जलविद्युत् आयोजनामा एभरेष्ट बैंकको नेतृत्वमा वित्तीय व्यवस्थापन गर्ने तयारी भइरहेको छ।

तमोर सानिमा इनर्जी प्रालिका सञ्चालक पुष्पज्योति ढुंगानाले एक वर्षभित्रै आयोजनाको वित्तीय व्यवस्थापन लगायतका काम सम्पन्न गरेर निर्माणमा जाने बताए। ‘एभरेष्ट बैंकको कन्सोर्टियममा आयोजनाको वित्तीय व्यवस्थापन गर्ने क्रममा रहेका छौं,’ उनले भने, ‘सम्भवत् एक वर्षभित्रै आयोजना निर्माणमा जानेछ।’

एचआइडिसिएलले १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त आयोजना पनि ४ अर्ब ऋण लगानी गर्ने भएको छ। यो आयोजना जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडको अगुवाईमा निर्माण गरिँदैछ। यो आयोजना डोल्पा जिल्लामा अवस्थित छ। यसको कुल लागत २२ अर्ब ७८ करोड रूपैयाँ लाग्ने अनुमान गरिएको छ। निफ्राको नेतृत्वमा यो आयोजनाको वित्तीय व्यवस्थापन गर्ने तयारी भइरहेको छ।

यो जलविद्युत् आयोजना ताप्लेजुङ जिल्लामा अवस्थित छ। यो आयोजनाको कुल लागत ५५ अर्ब १५ करोड रूपैयाँ लागत लाग्ने अनुमान गरिएको छ। यो जलविद्युत् आयोजनामा एभरेष्ट बैंकको नेतृत्वमा वित्तीय व्यवस्थापन गर्ने तयारी भइरहेको छ।

एचआइडिसिएलले दोलखा जिल्लामा अवस्थित ५६ मेगावाट क्षमताको सानिमा जुम जलविद्युत् आयोजनामा पनि दुई अर्ब ऋण लगानी गर्ने भएको छ। यो आयोजना सानिमा जुम हाईड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवर्द्धधित कम्पनी हो।

यो आयोजनाको अनुमानित लागत ११ अर्ब ६० करोड लाग्नेछ। एचआईडिसिएलले आव २०७९/८० मा नै कास्की जिल्लामा अवस्थित ४२ मेगावाट क्षमताको माथिल्लो मोदी ए जलविद्युत् आयोजनाको लागि पनि तीन अर्ब ऋण स्वीकृत गरेको छ। मोदी जलविद्युत् कम्पनी लिमिटेडले प्रवर्द्धन गरेको यो आयोजनाको कुल लागत १० अर्ब ८ करोड रूपैयाँ रहेको छ।

प्रमुख कार्यकारी अधिकृत गौतमले एचआइडिसिएलले स्थापनाकालदेखि हालसम्म सरकार र निजी क्षेत्रका गरेर ३१ वटा जलविद्युत् आयोजनाका लागि २७ अर्ब ३९ करोड रूपैयाँ लगानी गरेको बताए।

‘कम्पनीले १४ सय ६७ मेगावाट क्षमताका १९ वटा जलविद्युत् आयोजनामा २१ अर्ब २१ करोड रूपैयाँ ऋण लगानी गरेको छ,’ उनले भने, ‘९०२ मेगावाट क्षमताका १२ वटा सरकार र निजी जलविद्युत् आयोजनामा पनि ६ अर्ब १८ करोड रूपैयाँ स्वपुँजीका रूपमा सेयर लगानी गरेका छन्।’

कम्पनीले ३१ वटा आयोजनामध्ये १९ वटा आयोजनामा ऋण लगानी गरेको छ। १९ मध्ये पनि चार सरकारी र १५ निजी कम्पनीको प्रवद्र्धनमा निर्माण हुन लागेका आयोजना छन्।

प्रमुख कार्यकारी अधिकृत गौतमले एचआइडिसिएलले स्थापनाकालदेखि हालसम्म सरकार र निजी क्षेत्रका गरेर ३१ वटा जलविद्युत् आयोजनाका लागि २७ अर्ब ३९ करोड रूपैयाँ लगानी गरेको बताए।

त्यसैगरी स्वपुँजीमा निर्माण हुन लागेका १२ आयोजनामध्ये सात सरकारी र पाँच निजी कम्पनीबाट प्रवर्द्धधित जलविद्युत् आयोजना रहेका छन्। प्रमुख कार्यकारी अधिकृत गौतमले एचआइडिसिएल कम्पनीको पुनर्संरचना र स्रोतसाधनको एकीकृत योजना रहेको बताए।

 ‘हामीसँग पर्याप्त मात्रामा आयोजनाहरू पाइपलाइनमा छन्। आयोजनाले दिने प्रतिफल र लगानीको ढाँचा अनुसार थप लगानी विस्तार गर्दै अघि बढ्नेछौं,’ उनले भने। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दिप देवले एचआइडिसिएलले छोटो अवधिमा नै जलविद्युत् क्षेत्रमा ठूलो लगानी गर्दै आइरहेको बताए। 

प्रकाशित: १० भाद्र २०८० ०२:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App