१७ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

योजना आयोगको उपाध्यक्षमा स्वर्णिम वाग्ले नियुक्त

काठमाडौं- राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा स्वर्णीम वाग्ले नियुक्त भएका छन्। बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले वाग्लेलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो। यसअघि उनी आयोगको सदस्य थिए।

सार्वजनिक वित्त, अन्तर्राष्ट्रिय व्यापार, लगानी र प्रतिस्पर्धात्मक क्षमताका विज्ञ वाग्ले यसअघि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको सरकारमा पनि योजना आयोगका सदस्य थिए।

अष्टे्रलियको अष्टिे्रलियन नेस्नल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका वाग्लेले अमेरिकाको हार्भड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर र बेलायतको लण्डन स्कुल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गरेका छन्।

उनले विश्व बैकको मुख्यालय वासिङ्टन डिसीमा वरिष्ठ अर्थशास्त्रीको रुपमा काम गरेका थिए। राष्ट्रसंघीय विकास कार्यक्रममा पनि उनीसँग नीति विश्लेषकको रुपमा काम गरेको अनुभव छ।  उनको दर्जनभन्दा बढी अर्थशास्त्र सम्बन्धी प्राज्ञिक लेख अन्तराष्ट्रिय जर्नलमा प्रकाशित छन्।

उनी २०४६ सालको एसएलसीका वोर्ड सेकेण्ड पनि हुन्।

 

प्रकाशित: १९ श्रावण २०७४ ०४:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App