१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

एनआईसी एसिया लघुवित्तको वित्तीय विवरण सार्वजनिक

काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको यस एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९-८० को चौथो त्रयमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कर्जाको विस्तारलाई भन्दा कर्जाको गुणस्तरलाई प्राथमिकतामा राखेको जनाउँदै यस संस्थाले चौथो त्रयमाससम्ममा कुल लघुकर्जा १८ अर्ब ४५ करोड ६६ लाख रूपैयाँ पु¥याएको जनाएको छ। साथै प्रतिसेयर आम्दानी १७.२५ रूपैयाँसहित यस आर्थिक वर्षमा ३० करोड रूपैयाँ खुद मुनाफा आर्जन गरेको जनाएको।  

यसै गरी संस्थाको आर्थिक वर्ष २०७९-८० मा स्व–पुँजीमा प्रतिफल वार्षिक १२.०२ प्रतिशत रहेको छ। तरलता अभावको यस विषम परिस्थितिमा समेत वित्तीय संस्थाले बचत परिचालनतर्फ भने २ अर्ब २३ करोड १८ लाख रूपैयाँ रहेको बैंकले जनाएको छ। यस्तै वित्तीय संस्थाले कर्जा असुलीमा प्रभावकारी रूपमा आफ्नो स्रोत तथा साधनको परिचालन गरी निस्क्रिय कर्जालाई ४.६४ प्रतिशतमा सीमित राख्न सफल भएको बैंकले बताएको छ।

प्रकाशित: ३० श्रावण २०८० ०३:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App