१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

जावा र येज्दी मोटरसाइकलमा ‘मनसुन राइड अफर’

अग्नि ग्रुपको सहायक कम्पनी तथा क्लासिक लेजेन्ड्सको आधिकारिक वितरक अग्नि मोटोइंकले जावा र येज्दी मोटरसाइकलमा ‘मनसुन राइड अफर’ ल्याएको छ।

उक्त योजना अन्तर्गत जावा तथा येज्दी मोटरसाइकल किन्दा ग्राहकले कम ब्याजदरमा सजिलो फाइनान्स अथवा एसेसरिजसहित राइडिङ गियर पाउनेछन्।

योजना अनुसार ग्राहकले मोटरसाइकल खरिद गर्दा ५० प्रतिशत डाउन पेमेन्टमा २ वर्षको अवधिमा जम्मा ५.५ प्रतिशत ब्याजदर मात्र लाग्नेछ।

कम्पनीका अनुसार यदि ग्राहकले नगद तिरेर खरिद गर्ने हो भने एसेसरिजसहित सम्पूर्ण राईडिङ गियर पाउने अथवा उक्त एसेसरिज र राइडिङ गियर बराबरको रकम नगद छुट पाउनेछ। यसका साथै ग्राहकले हरेक मोटरसाइकलको खरिदमा निःशुल्क हेलमेट र १ वर्षको रोड ट्याक्स पनि पाउनेछन्।

कम्पनीका अनुसार हाल जावा ब्राण्ड अन्तर्गत फोर्टी-टु, जावा र पेराक मोडेलको मोटरसाइकलहरू उपलब्ध छन् भने येज्दी ब्राण्ड अन्तर्गत रोडस्टर, स्क्राम्बलर र एड्वेञ्चर मोडेलहरूमा उक्त अफर उपलब्ध छन्। मनसुन राइड अफर जावा येज्दीका सबै सोरुमहरूमा उपलब्ध हुने तथा सीमित अवधिका लागि मात्र लागु हुने कम्पनीले जनाएको छ।

प्रकाशित: १९ श्रावण २०८० ०२:५६ शुक्रबार

अग्नि मोटोइंकले जावा र येज्दी मोटरसाइकल जावा तथा येज्दी मोटरसाइकल