१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

खुर्कोट नेपालथोक खण्डको ९ सय मिटर सडक स्थानान्तरण गरिने

विपी राजमार्ग स्थानान्तरण गरिने भएको छ। खुर्कोट नेपालथोक सडक खण्ड अन्तर्गत खुर्कोटबाट करिब दुई किलोमिटर काठमाडौँ तर्फ सुनकोसी मरिण डाइभर्सन आयोजनाको ड्याम निर्माण हुने भएपछि ड्यामबाट डुबान हुने क्षेत्रलाई स्थानान्तरण गर्न लागिएको हो।

ड्यामबाट प्रभावित हुने क्षेत्रलाई स्थानान्तरण गर्न लागिएको आयोजनाले जनाएको छ। आयोजनाको पहिलो चरणको काम अन्तर्गत सुरुङ निर्माण कार्य करिब ५७ प्रतिशत निमार्ण सम्पन्न भइसक्दा आयोजनाले दोस्रो चरणमा बाध निर्माणको कार्यलाई अगाडी बढाएपछि सडक स्थानान्तरण गर्नुपर्ने बताएको छ।

गत असोज २८ गते टनेल बोरिङ मेसिनबाट सुरु भएको सुरुङ निर्माण कार्य साउन हालसम्म ५६ दशमलब ८६ प्रतिशत सम्पन्न भएपछि दोस्रो चरणको काम समेत अगाडी बढाएको हो। कतिपय सुरुङ निर्माण गर्दागर्दै समस्या आएर अलपत्र पर्ने अवस्था रहेको पनि उदारण छन्

 त्यसैले पहिलो चरणमा सुरुङ निर्माण गरि दोस्रो चरणमा ड्यामको काम सुरु गरेका हौ, आयोजना निर्देशक मित्र बरालले भने। उनका अनुसार  १३ दशमलब ३ किलोमिटर सुरुङ मध्ये हालसम्म ७ दशमलब ५७१ किलोमिटर निर्माण सम्पन्न भइसकेको छ।

चुरे क्षेत्रमा निर्माण हुँदा जोखिम बढी रहे पनि चुरे क्षेत्र पार भई मेसिन अगाडी बढिसकेकाले जोखिम कम रहेको आयोजनाले जनाएको छ।

सिन्धुलीको खुर्कोटबाट करिब दुई किलोमिटर काठमाडौँ तर्फको सुनकोसी नदीमा करिब ३० मिटर अग्लो १ सय ५८ मिटर लम्बाई सहितको बाध निर्माण हुँदा विपी राजमार्गको केही भाग डुब्ने सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालयले जनाएको छ। डुबान हुने सडक सहित इन्टेक एप्रोच कल्र्भट लगायतका संरचना निर्माण गर्नुपर्ने भएकाले निर्माण अवधिभर दुई दशमलब ९६ किलोमिटर सडक डाइभर्सन हुने र निर्माण पश्चात् ९ सय ६५ मिटर सडक स्थायी रुपमा स्थानान्तरण गरिने आयोजनाका निर्देशक  बरालले जनाए। हाल सञ्चालनमा रहेको सडककै केही माथिको भागबाट सडक निर्माण गरि स्थायी रुपमा सडकलाई स्थानान्तरण गरिने आयोजनाले जनाएको छ। 

बाध निर्माणका लागि ठेक्का सम्झौता भई प्रारम्भिक तयारी सहितको निर्माण कार्य अगाडी बढेको आयोजनाले जनाएको छ। सो क्षत्रमा सिन्धुली जिल्ला तर्फमा पर्ने जग्गा अधिग्रहण भई मुआब्जा समेत वितरण भइसकेको छ भने रामेछाप तर्फ डुबानमा पर्ने जग्गाको मुल्याकन सम्पन्न भई मुआब्जा वितरण भइरहेको आयोजनाले जनाएको छ। सुनकोसी मरिण डाइभर्सन आयोजना निर्माणमा हालसम्म आठ अर्ब ८६ करोड रुपैया खर्च भएको छ।

सुनकोसी मरिण डाइभर्सन आयोजना कार्यालयका अनुसार आर्थिक वर्ष ०७७/०७८ मा सुरु भएको सुनकोसी मरिण डाइभर्सन आयोजनामा भौतिक प्रगति सँगै यो रकम खर्च भएको हो। सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना सिन्धुली र रामेछाप जिल्लाको सिमानामा अवस्थित सुनकोसी नदीको पानीलाई बाध बाँधी १३ दशमलब ३ किमि लामो सुरुङ मार्फत मरिण नदीमा पानी हस्तान्तरण गर्ने आयोजनाले जनाएको छ।

आयोजना प्रमुख बरालका अनुसार सुरुङ मार्फत प्रतिसेकेन्ड ६७ क्यूसेक पानी कमलामाई नगरपालिका २ कुसुमटारस्थित मरिण खोलामा खसालिने छ त्यहाँबाट ६६ दशमलब २९ को हेटेडबाट पानी झारेर ३१ दशमलब ०७  जलविद्युत उत्पादन गरिने छ।आर्थिक वर्ष ०७७/०७८ बाट शुरु भएको आयोजना ०८४/०८५ सम्ममा सम्पूर्ण कार्य सक्ने लक्ष्य रहेको छ।

प्रकाशित: १० श्रावण २०८० १२:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App