प्रभु बैंक धुलिखेल शाखा र धुलिखेल डेण्टल केयर बीच बैंकका ग्राहकलाई विशेष छुट दिने सम्बन्धमा सम्झौता भएको छ।
सम्झौता अनुसार बैंकका ग्राहकले उक्त डेण्टल केयरबाट सेवा लिएबापत बैंकको डेविट, क्रेडिट कार्ड, मोबाईल बैंकिङ र क्युआर कोडबाट भुक्तानी गर्दा सबै उमेर समूहका व्यक्तिको दाँतको उपचार शुल्कमा २० प्रतिशत छुट पाउनेछन्।
धुलिखेल शाखाका प्रमुख हरिकृष्ण दाहाल र डेण्टल केयरका प्रबन्ध सञ्चालक अमिर हमालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
प्रकाशित: ५ श्रावण २०८० ०२:५८ शुक्रबार