एनआईसी एसिया बैंकले मुद्दती खातामा आधारित अनलाइन कर्जा योजना ल्याएको छ।
योजनाअन्तर्गत बैंकमा मुद्दती निक्षेप भएका ग्राहकले बैंकको मोबाइल बैंकिङ एप वा वेबसाइटबाट आवेदन दिई निक्षेपको ९० प्रतिशतसम्म वा अधिकतम २ लाख रूपैयाँसम्मको कर्जा तुरुन्तै प्राप्त गर्नेछ।
मुद्दती खाता कर्जा प्राप्त गर्ने ग्राहकले हरेक त्रयमासको अन्तसम्ममा ब्याज भुक्तानी गर्नुपर्ने र कर्जा लिएको एक वर्ष वा मुद्दती खाता परिपक्व हुने दिनको अघिल्लो दिनसम्म सावाँ भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ।
प्रकाशित: ४ श्रावण २०८० ०३:२३ बिहीबार